विवाहपहिले नै बच्चाको कल्पना- सिर्जना सुब्बा
🎬 भिडियो हेर्नुहोस् 👆 मंसिरलाई विवाहको महिना मान्ने मानसिकता सम्पूर्ण नेपाली समाजमा छ । तर लिम्बूकोे जातिगत संस्कारमा त विवाह नहुने महिना हुँदैन । कार्तिक वा चैतमा पनि हुन्छ । लिम्बू समाजमा छोरी भएको परिवारलाई सम्मानित हुन्छ । छोरी हुर्किए पनि परिवारले केटाको खोजी गर्ने र कुरा चलाउने गर्दैन । त्यसो गर्नु लज्जाको बिषय मानिन्छ । दाइजोको पनि परिकल्पना हुँदैन । पहिले–पहिले त छोरीको परिवारले ‘मेरी छोरी माग्न आयौ, यति तोला सुन र यति पैसा देऊ’ भन्ने पनि चलन थियो । अहिले भने पहिले नै यतिभन्दा तल प्रस्ताव गर्दिनँ भन्ने तयारीसाथ केटा पक्ष जाने गर्छन् । विवाहमा पनि बेहुली पक्षको खर्च कम हुन्छ । पहिले बेहुला केही व्यक्ति लिएर जान्छ र बेहुली लिएर आउँछ । बेहुलीले भने लोकन्तीको रूपमा धेरै साथी बेहुलाको घर जान पाउँछे । फेरि फर्किएर आएर केटीको घरमा पनि विवाह गर्नुपर्ने हुन्छ । त्यसमा लाग्ने सामान र खर्चको निश्चित अंश केटा पक्षले व्यहोर्नुपर्ने हुन्छ । भागेरै विवाह गर्दा पनि खर्च त व्यहोर्नैपर्छ केटा पक्षले । अन्य जातसँग विवाह गरे पनि त्यो रीत पुर्याउनैपर्छ । यस हिसाबले लिम्बू संस्कारमा ...