‘रचनात्मक पत्रकारिता : हाते पुस्तक’बारे समाचार
पत्रकार तथा अध्येता टुमराज कोइरालाले 'रचनात्मक पत्रकारिता : हाते पुस्तक'* नामक पुस्तक सार्वजनिक गरेका छन्। यस पुस्तकले रचनात्मक पत्रकारिताबारे नेपालीमा जानकारी प्रदान गर्दै समाजमा फैलिएको निराशा न्यूनीकरण गर्ने उद्देश्य राखेको छ। पुस्तकले पत्रकारितामा नयाँ दिशा र गतिका लागि मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा एमफिल–पीएचडी शोध गरिरहेका लेखक कोइरालाले रचनात्मक पत्रकारिताबारे विश्वमा भइरहेका अभ्यास र चलिरहेका अभियानको आँखीझ्याल स्वरूपमा पुस्तक तयार पारिएको बताएका छन् । उनी भन्छन्, ‘शोधका लागि अध्ययन गर्ने क्रममा रचनात्मक पत्रकारिताको अभ्यास नेपाली सन्दर्भमा पनि अपरिहार्य रहेको बोध भयो । त्यसैले प्राप्त ज्ञानलाई बाँड्दै जाने उद्देश्यका साथ पुस्तकको स्वरूपमा काम गरिएको हो ।’ कान्तिपुर कोइरालाको ‘रचनात्मक पत्रकारिता’ सार्वजनिक रचनात्मक पत्रकारिताबारे पहिलो नेपाली पुस्तक 'रचनात्मक पत्रकारिता : हाते पुस्तक' प्रकाशन भएको छ । भाद्र १०, २०८२ कान्तिपुर संवाददाता काठमाडौँ — रचनात्मक पत्रकारिताबारे पहिलो नेपाली पुस्तक 'रचनात्मक पत्रकारिता : ...