अलि धेरै पढ्यो भने मान्छेको दिमाग खराब हुँदोरहेछ– प्रचण्ड
भिडियो हेर्नुहोस् 👆 वा पढ्नुहोस्👇 [२०७४ माघ ६ गते एमाले-माओवादी एकताका विषयमा संस्कृतिकर्मीहरूसँग प्रचण्डले गरेको सम्बोधनको सम्पादित अंश।] खुसी पनि लागेको छ , जे भए पनि विचार र सिद्धान्तका बारेमा सबै सुतेका साथीहरू उठ्न थालेजस्तो , अलि जागरुक भएजस्तो लाग्यो। सबै सुतेको जस्तो देखेको थिएँ मैले। बल्लबल्ल उठ्नुभयो। यो पार्टी एकता गर्ने कुरा अगाडि आएपछि उहाँहरू जागेको देख्दा खुसी पनि लागेको छ। जेहोस् , अब फेरि एकपटक विचार , सिद्धान्त , आदर्श र मूल्यमान्यताका बारेमा बहस सुरु भएको छ। यो अर्को पाटो मलाई रमाइलै लागेको छ। यहाँ जो साथीले ‘ लौ , अब सिद्धान्त पनि छोड्यो , पार्टी एकता भइ नै सक्यो , एमालेमा गएर विलीन भयो , माओवादी सिद्धियो ’ भन्नुभएको छ नि , मुख्य साथी तिनै हुन् , जसले मैले यही कोठामा सेक्रेटारियटको बैठकमा एकताको प्रस्ताव राख्दा ‘ एकदम ठीक हो ’ भन्नुभएको थियो। ‘ माओवादी पार्टी अलग चलाउनुभन्दा अहिलेको परिस्थितिमा एउटै कम्युनिस्ट पार्टी बनाएर व्यापक बहस गर्नु सही हो ’ ...