पठन संस्कृतिबारे प्रकाश सायमी
प्रकाश सायमी साहित्यका कविता, निबन्धलगायत बहुविधामा सुपरिचित सायमी चलचित्र निर्देशनमा स्थापित नाम हो । संगीत अन्वेषक सायमी राम्रा अध्येताका रुपमा पनि चिनिन्छन् । उनी पठन संस्कृतिबारे यसो भन्छन्- १. नेपालमा पाठकले सही पुस्तक सही अर्थमा पढ्न पाएका छैनन् । राम्रा किताब प्रकाशक सही नहुदा राम्ररी बजारमा जान सकेको छैन । लेखक भन्दा पनि प्रकाशक बढी हाबी भएको कारण प्रकाशक बलियो भयो भने जस्तो लेख्दा पनि राम्रो हुन्छ भन्ने सोच प्रबल भएर आइरहेको छ । बाहिरतिर लेखकले प्रकाशन छान्न पाउँछ । म यसलाई बेच्छु, यसलाई बेच्दिनँ भन्न पाइन्छ । तर यहाँ चलेकै लेखक भएता पनि यसलाई दिन्न भन्न सक्दैन । लेखकले किताब लेखेर मात्र हुँदैन, मार्केटिङ गर्न पनि जान्नै पर्ने स्थिति छ । नेपालमा पाठकको पुस्तक छान्ने शैली पनि पुरातन खालको छ । समीक्षा हेरेर, जुन किताबको थुप्रो छ, जुन किताबका पोस्टर ठुलो छ या जुन किताबमा पुस्कारका ट्यागहरु थुप्रो छ त्यो हेरे किताब किनेर पढ्ने चलन छ । पुरस्कार पाएका किताबहरु अब्बल हुन् भन्ने सोचेर पढ्छन् । बिक्रि धेरै हुने किताब किनेर पढ्छन् । पछि किताब सोचेजस्तो नपाएप...