Posts

Showing posts with the label Feature

'२०८८ सम्ममात्रै सक्रिय राजनीतिमा रहन्छु'

Image
गगन थापा, नेता, नेपाली कांग्रेस नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनदेखि चौधौं महाधिवेशनको अवधि भनेको चार बर्ष हो, ०७८ सालसम्म । यस अवधिका लागि हामी कांग्रेसको नेतृत्व छान्दैछौं र मार्गदर्शन गर्ने नीति पनि तय गर्दैछौं । यस सन्दर्भमा ०७८ सालसम्म हामी नेपाल कहाँ पुगेको देख्न चाहन्छौं भन्ने मुख्य कुरा हो । त्यसका निम्ति कांग्रेसले के दायित्व निर्वाह गर्नुपर्ला र त्यसका निम्ति कस्तो नेतृत्व चाहिएला भनेर हेर्यौ भने हामी सही बाटोमा हुन्छौं । दुई ठूला सम्भावना र कांग्रेस नेतृत्व मेरो बुझाइमा अबको चार बर्ष नेपालको राजनीतिमा महत्वपूर्ण रहनेछ । यसबीचमा दुई सम्भावनाबीच नेपाल रहनेछ । पहिलो, फेरि पनि इतिहासको क्रुर नियती दोहोरिन्छ । हाम्रो इतिहास छ कि हामी पटक–पटक आन्दोलनलाई सफल बनाउँछौं, तर आन्दोलनको उपलब्धि जोगाउनै सक्दैनौं, संस्थागत गर्न सक्दैनौं । अहिलेको सन्दर्भमा हेर्दा त्यस्तो भयो भने यो संविधान कार्यान्वायनमा जान सक्दैन । संविधानका केही कोसेढुंगा छन्, यसले केही संरचना निर्माणको सर्त तय गरेको छ । त्यो बाटोमै जाँदैन र एकप्रकारको अस्थिरता सुरु हुन्छ । संविधानकै विरुद्धमा नयाँ राजनीत...

'आजकाल लेखकलाई आज किताब लेखेर हिजै छाप्नुपर्छ'

Image
‘किताब कारखाना’को रूपमा ‘नेपालय’को उपस्थिति केवल किताब छाप्नका लागि थिएन, किताबको मर्यादा निर्माण गर्नका लागि थियो । प्रकाशन उद्योगमा ‘नेपालय’ उपस्थित भएको एक दशक भयो । यही दशकमा हो, पाठकले नेपाली किताबको ‘ग्ल्यामर’ अनुभूत गर्न पाए । लेखकले किताबको मर्यादा अनुभूत गर्न सके । त्यसअघि पाठक र लेखक दुवै नेपाली किताबको ‘झुत्रे व्यक्तित्व’ झेल्न बाध्य थिए । कतिलाई किताबसँगको संसर्ग ‘दिगमिगलाग्दो बाध्यता’ बनेको थियो । र, त नेपाली प्रकाशन उद्योगमा ‘नेपालय’को उपस्थितिलाई एउटा कोशेढुंगा मानिन्छ । संगीतको व्यवस्थापन गर्न नेपालय  गायक अमृत गुरुङसँगको संगतपछि किरणकृष्ण श्रेष्ठलाई अनुभूत भयो– नेपाली कला क्षेत्रको उचित व्यवस्थापन भएको छैन । अमृतको प्रभावशाली गायनका लागि उत्तिकै प्रभावकारी व्यवस्थापन खाँचो थियो । त्यसो हुन नसक्दा अमृतले अप्ठ्यारो झेलिरहेका थिए । त्यो अप्ठ्यारोलाई नजिकबाट महसुस गरेपछि किरण राम्रो व्यवस्थापकको खोजीमा लागे । तर भेटेनन् । त्यसपछि आफैंले जिम्मा लिए । त्यसलाई ‘नेपालय’को नाममा संस्थागत गरे । अमृतले स्वतन्त्र भएर गायनमा मात्रै ध्यान केन्द्रित गर्न पाए । उनका गीतक...

‘अहिले अनमोल केसीबाहेक हिरो कोही छैन’

Image
परिवार र समाजले देख्न चाहेको चरित्रले किचिएर आफ्नै चरित्रबारे अन्जान हुनु आम नेपाली युवाको नियति हो । दीपेन्द्र के खनाल पनि त्यही नियती भोगिरहेका थिए । त्यसैलाई पछ्याउँदै जापान पुगेका थिए । त्यहाँ पुगेपछि कमाउँदै पढ्न सहज हुने बिषय छाने– होटल मेनेजमेन्ट । तर आफ्नो रुचिको विषय भए पो ! पटक्कै मन गएन । अरू साथीको पनि हाल उस्तै थियो ।  साथीबीच छलफल भयो, निष्कर्ष निस्कियो– यसरी त हुँदैन । एक दिन उनीहरूले आफ्नो रुचीको क्षेत्रबारे छलफल गरे । सबैले आ¬–आफ्नो स्वभाव र रुचिबारे बताए । दीपेन्द्रको रूची देखियो सिनेमामा । जापानमै हुँदा पनि सिनेमाको महँगो डिभिडी लगेर हेरिरहेको कुरा साथीहरूले पनि याद गरेकै रहेछन् । साथीहरू सबैले आ-आफ्नो क्षेत्रमा लाग्ने निर्णय गरे । दीपेन्द्र पनि लागे सिनेमा अध्ययनतिर । पढिरहेको युनिभर्सिटीमा त उनले बिषय परिवर्तन गर्न सक्दैनथे, भिसा नै त्यसैका लाथि थियो । तर उनले निजी हिसाबले सिनेमा अध्ययन गर्न थाले । भन्छन्, ‘त्यो छलफल नै हामी केही युवाको जीवनको टर्निङ प्वाइन्ट थियो । अन्य क्षेत्रमा रुची पत्ता लगाएका साथीले पनि राम्रो गरिरहेका छन् । म पनि आफ्नो क्षेत्रमा सन...

साहित्यका निष्कण्टक यात्री

Image
पाठकको हृदयमा विजय झण्डा गाडेपछि कृष्ण धरावासीको विजय–यात्रा निरन्तर रह्यो, जो जारी छ । उनले नेपाली साहित्यमा स्थापित र चर्चित मानिने अधिकांश पुरस्कार पाइसकेका छन् । ‘राधा’ उपन्यासका लागि मदन पुरस्कार पाए । महानन्द पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, उत्तम–शान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कारलगायतले उनको व्यक्तित्वमा चाँद लगाएको छ । साहित्यमा उनी आफूलाई ‘निष्कण्टक यात्री’ ठान्छन् । उनको जीवन संघर्षको कथा बेग्लै छ । ती दुःखले भरिएको छन्, आँसुले ओसिएका छन् । तर साहित्यमा भने उनको यात्रा सुमधुर छ, सरासर छ । झापाको शनिश्चरेमा हुर्केका उनले त्यहीँ साहित्यिक गतिविधि देखे, गरे । तीसको दशकमै उनको साहित्यिक यात्राको गति तीव्र भइसकेको थियो । तर त्यतिबेला काठमाडौ र मोफसल दूरी ज्यादा थियो । मिडियाको पहुँच पनि केन्द्रमै थियो । रेडियो नेपाल, गोरखापत्र र टेलिभिजन काठमाडौंमा थिए । ‘टाढा’का मान्छेले त्यहाँ प्रवेश पाउन गाह्रो थियो । जिल्लाकै पत्रिकाको भर हुन्थ्यो साहित्यिक रचना छाप्न पनि । जसको पाठकको न्यूनता सोचेभन्दा पनि कम थियो । धराबासी साहित्यिक संस्था खोल्न, गतिविधि गर्न र नयाँ प्र...

'अब यसरी हुन्छ कम्युनिष्ट आन्दोलनको विकास'

Image
मणि थापा, नेता, माओवादी केन्द्र १.   संविधान निर्माणसँगै भारतले नेपाललाई हेर्ने पुरानो रणनीतिक योजना, जो नेहरू डक्ट्रिनको रूपमा थियो, त्यसबाट भारतीय पछाडि हटेका रहेनछन् भन्ने प्रमाणित भएको छ । भारतले गरेको नाकाबन्दी, केही समूहलाई ल्याएर मधेसमा गरेको ‘प्रोभोक’ र अन्तराष्ट्रिय समुदायमा पनि नेपाललाई एक्ल्याउन खोजेको देखिएको छ । नेपाली कम्युनिष्ट आन्दोलनले यो कुरालाई गम्भीरतापूर्वक हेर्नुपर्छ । भारतीय छाताबाट मुक्त भएर कसरी आन्दोलनलाई अगाडि बढाउने भन्ने चिन्तन गर्नु आवश्यक देखिएको छ ।   २. नेपाली कम्युनिष्ट आन्दोलनको साँढे छ दशकबाट प्राप्त भएका सीमित उपलब्धीलाई रक्षा गर्दै अधिकतम् उपलब्धि हासिल गर्नका अहिलेको प्रतिष्पर्धात्मक राजनीतिलाई कार्यनीतिक रूपमा स्वीकार गरेर जाने राजनीतिक लाइन निर्माण गर्नुपर्छ । त्यसका लागि बचेखुचेको सामन्तवाद र साम्राज्यवादविरोधी संयुक्त मोर्चामार्फत उनीहरूलाई पराजित गर्नु आवश्यक छ ।  ३. क्रान्तिकारी कम्युनिष्टबीचमा धु्रविकरण र रूपान्तरण आवश्यक छ । त्यस्तै वामबीचमा संयुक्त मोर्चा र संयुक्त मोर्चामार्फत साम्राज्यवादी तथा विस्...

'सोध्छन्– फिल्म त बनाउँछस्, कामचाहिँ के गर्छस् ?'

Image
सुवर्ण थापा सिने क्षेत्रमा पहिले कलाकारका रूपमा चिनिए, त्यसपछि निर्देशक बने । दुई छोटा सिनेमा ‘मलामी’ र ‘छोरा’ले उनलाई एउटा वृत्तमा परिचित बनायो । पहिलो फिचर फिल्म ‘सुनगाभा’ले उनको परिचय ‘सिरियस सिने मेकर’को रूपमा दियो । व्यवसायिक रूपमा सफल हुन नसकेपनि ‘सुनगाभा’ अन्तराष्ट्रिय फेस्टिभलमा स्थान पायो । त्यसले निर्माता सुवर्ण थापालाई त खासै फाइदा भएन, तर निर्देशक सुवर्णलाई भने निकै स्थापित ग¥यो ।  कलाकारको रूपमा उनी पहिले नै चिनिएका थिए । पछिल्लो समय आफ्नै छोटो सिनेमा ‘छोरा’मा उनले कलाकारिता देखाए भने नवीन सुब्बानिर्देशित ‘गुडबाइ काठमाडौं’मा उनको अभिनय हेर्न सकिनेछ ।  दोस्रो फिचर सिनेमाको रूपमा ‘फन्को’ उनीबाट अपेक्षा गरिएको सिनेमा हो । शुक्रबारबाट हलमा लागेको ‘फन्को’को प्रारम्भिक प्रतिक्रियामा सुवर्ण अपेक्षा धान्न सफल देखिन्छन् । त्यसो त ‘सुनगाभा’ उनले निर्देशकीय क्षमता देखाउनकै लागि बनाएका थिए । त्यसको व्यवसायिक सफलताको आशा थिएन नै । ‘त्यसमा बजारलाई चाहिने तत्व थिएनन् । मैले समाजको एउटा प्रतिबिम्ब उतारेको थिएँ । त्यसमा सफल भएँ । यो मेरालागि मात्रै होइन, नेपाली सिनेमाका ...