हामी व्युँझेको बिहान





हामी ब्युँझेपछि
लाग्नेछ पारिलो घाम
ओभाउनेछ शीत
र सुनिनेछ चराहरूको गीत ।

रमाउँदै बालकहरू
पोल्न थाल्नेछन् बारीमा जिलौटा
आकाशतिर उडिरहेको
जिलौटाको धुवाँ हेर्दै हजुरआमाले
सम्झिनेछिन् अन्तिमपटक आफ्नो समय
र, आनन्दले आँखा चिम्लेर
आशिष दिनेछिन् नातिनातिनालाई ।

त्यही बिहानदेखि
फैलिनेछ पसिनाको सुगन्ध धर्तीभरी
उच्च हुनेछ यसको मोल
र, बन्द हुनेछ सपनाको व्यापार ।

सारा कुरुपता त
हाम्रा निन्द्राका सन्तान हुन्
हामी ब्युँझेको बिहान
असाध्यै सुन्दर हुनेछ संसार ।
܀܀܀
✍ टुमराज कोइराला ‘कला अनुरागी’
Image © generationsphotography 2015
साभार: नेपाल  साप्ताहिक
(कान्तिपुर प्रकाशन प्रा.लि‍‍.)

Comments

Popular posts from this blog

'राजनीतिमा महिलामाथि ‘इमोसनल ब्ल्याकमेल’ गरिन्छ'

‘रचनात्मक पत्रकारिता : हाते पुस्तक’बारे समाचार

Philosophy of Fearism