रचनात्मक पत्रकारिता: हाते पुस्तक


यो पुस्तकले रचनात्मक पत्रकारिता अभ्यासका लागि नेपाली पत्रकारहरूलाई झकझक्याउने छ । खासगरी भोलिका दिनमा समाचार कक्षलाई हाँक्ने पत्रकारिताका विद्यार्थीहरूले नेपाली पत्रकारितालाई नयाँ गतिका साथ रचनात्मक दिशामा अघि बढाउन यो पुस्तकलाई उपयोगी ठान्नेछन् । 

  • डा. कुन्दन अर्याल
    विभागीय प्रमुख, पत्रकारिता तथा आमसञ्चार विभाग, त्रिभुवन विश्वविद्यालय, नेपाल

०००

नेपालका पत्रकार, पत्रकारितासम्बद्ध सङ्घ–संस्था र नीतिनिर्माताहरूको सक्रिय पहलकदमीसँगै समाधान पत्रकारिता अब केवल अवधारणामा मात्रै सीमित छैन, अभ्यासको चरणमा प्रवेश गरिसकेको छ । सोलुसन्स जर्नालिज्म नेटवर्कद्वारा मान्यताप्राप्त प्रशिक्षकद्वारा तयार गरिएको यो पुस्तक पनि त्यसैको उपज हो ।

  • टिना रोजेनबर्ग
    पुलित्जर पुरस्कार विजेता, सह–संस्थापक, सोलुसन जर्नालिज्म नेटवर्क, अमेरिका

०००

यस पुस्तकले नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता र पत्रकारिताको भूमिका पुनर्विचार गर्ने साहसलाई अभिलेखन गरेको छ । पुस्तकले स्पष्ट पार्छ– यदि पत्रकारिता बिग्रियो भने लोकतन्त्र पनि संकटमा पर्छ भन्ने हामी सबैको साझा बुझाइ हो ।

  • उल्रिक हागरुप
    संस्थापक तथा सिइओ, कन्स्ट्रक्टिभ इन्स्टिच्युट, आह्रुस विश्वविद्यालय, डेनमार्क

०००

अब समय आएको छ– पत्रकारितामा यस्तो परिवर्तन ल्याउने, जसले नागरिकहरूलाई जानकारी दिन्छ, प्रेरणा दिन्छ र सशक्त बनाउँछ । र, त्यो परिवर्तन रचनात्मक पत्रकारिताबाट सुरु हुन्छ । नेपालमा पनि हामी यो महत्त्वपूर्ण पहलमा काम गर्न तत्पर छौँ ।

  • केट टोर्नी
    प्राध्यापक, रचनात्मक पत्रकारिता, मोनाश विश्वविद्यालय, अष्ट्रेलिया



Comments

Popular posts from this blog

Philosophy of Fearism

Book Talk: The Laws of Human Nature