रचनात्मक पत्रकारिता: हाते पुस्तक

यो पुस्तकले रचनात्मक पत्रकारिता अभ्यासका लागि नेपाली पत्रकारहरूलाई झकझक्याउने छ । खासगरी भोलिका दिनमा समाचार कक्षलाई हाँक्ने पत्रकारिताका विद्यार्थीहरूले नेपाली पत्रकारितालाई नयाँ गतिका साथ रचनात्मक दिशामा अघि बढाउन यो पुस्तकलाई उपयोगी ठान्नेछन् । डा. कुन्दन अर्याल विभागीय प्रमुख, पत्रकारिता तथा आमसञ्चार विभाग, त्रिभुवन विश्वविद्यालय, नेपाल ००० नेपालका पत्रकार, पत्रकारितासम्बद्ध सङ्घ–संस्था र नीतिनिर्माताहरूको सक्रिय पहलकदमीसँगै समाधान पत्रकारिता अब केवल अवधारणामा मात्रै सीमित छैन, अभ्यासको चरणमा प्रवेश गरिसकेको छ । सोलुसन्स जर्नालिज्म नेटवर्कद्वारा मान्यताप्राप्त प्रशिक्षकद्वारा तयार गरिएको यो पुस्तक पनि त्यसैको उपज हो । टिना रोजेनबर्ग पुलित्जर पुरस्कार विजेता, सह–संस्थापक, सोलुसन जर्नालिज्म नेटवर्क, अमेरिका ००० यस पुस्तकले नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता र पत्रकारिताको भूमिका पुनर्विचार गर्ने साहसलाई अभिलेखन गरेको छ । पुस्तकले स्पष्ट पार्छ– यदि पत्रकारिता बिग्रियो भने लोकतन्त्र पनि संकटमा पर्छ भन्ने हामी सबैको साझा बुझाइ हो । उल्रिक हागरुप संस्थापक तथा सिइओ, कन्स्ट्रक्टिभ इ...