'राजनीतिमा महिलामाथि ‘इमोसनल ब्ल्याकमेल’ गरिन्छ'
विद्यार्थी राजनीतिमा नवीना लामा परिचित नाम हो । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अघिल्लो महाधिवेशनबाट महासचिव निर्वाचित उनी अध्यक्षको उम्मेदवारको रूपमा चर्चामा थिइन् । तर पार्टीको आन्तरिक गुटबन्दीको कारण आफू महासचिवमै सीमित हुनुपरेको उनको भनाइ छ । संगठनले माघमा राष्ट्रिय सम्मेलन घोषणा गरेसँगै उनी फेरि अध्यक्षको दौडमा देखिएकी छिन् (बनिन् पनि- ब्ल.)। संगठनको इतिहासमा पहिलोपटक उत्पीडित तामाङ समुदायबाट महिला अध्यक्ष बन्न लागेको दावी प्रस्तुत गर्दै उनले रातोपाटी गेस्ट रुममा आफ्ना राजनीतिक जीवनका उतारचढाव यसरी प्रस्तुत गरिन् : नयाँले तान्यो राजनीतिमा काभ्रे जिल्लाको मादन कुँडारी मेरो घर । गाउँमा महेन्द्र मावि थियो । अहिले त्यसको नाम परिवर्तन भएर सिर्जनशील मावि बनेको छ । सरकारी स्कुल । कामचलाउ सुविधा थिए । सीमित भौतिक पूर्वाधारबीच सिर्जनशील अध्ययनको परिकल्पना टाढैको कुरा थियो । पाठ्यपुस्तककै दायरामा सीमित भइन्थ्यो । स्कुलमा नयाँ शिक्षक आउनु, नयाँ विद्यार्थी आउनुजस्ता घटना नै सबैभन्दा नयाँ लाग्थे । सात कक्षामा पढदैथें । त्यस्तैमा एकदिन केही नयाँ मान्छे स्कुलमा आए । एउटा कक्...
Comments
Post a Comment