'राष्ट्रपतिलाई मस्जिदमा स्वागत गर्न आतुर छौं'
![]() |
नजरूल हसन फलाही, मौलाना |
राष्ट्रपति विद्यादेवी भण्डारीले (२०७२) को विवाह पंचमीमा जनकपुरको रामजानकी मन्दिर पुगेर गरेको पूजाको विषयलाई लिएर अनेकौ वादविवाद सिर्जना भयो। यसबारे अनेक बहस चले, मौलाना नजरूल हसन फलाही (अध्यक्ष, इस्लामी संघ, नेपाल)ले यसबारे आफ्नो मत यसरी प्रकट गरे :
इस्लाम धर्ममा महिलालाई हेर्ने दृष्टिकोण संकुचित छ भन्ने धारणा अन्य धर्मावलम्वी समाज पाइन्छ । तर त्यो गलत हो । इस्लाम धर्मले महिला र पुरुषबीच कुनै विभेद गरेको छैन । त्यसो भनेर महिला र पुरुष उही हुन् भनेर पनि भन्दैन । किनकि केही न केही फरक भएर नै महिला र पुरुष भएका हुन् । नत्र त एउटामात्रै हुन्थ्यो । यो सत्यलाई भने स्वीकारिएको छ । तर महिला र पुरुषलाई तुलना गरेर एउटा ठूलो अर्को सानो भन्ने मान्यता राखिएको छैन । महिला र पुरुष समान हुन् ।
कामका आधारमा हेर्ने हो भूमिका फरक हुन्छ । आमाले हरेक बच्चालाई पेटमा राखेर हुर्काउँछिन् । पुरुषले त्यो चाहेर पनि गर्न सक्दैन । त्यसरी हेर्दा आमाको स्थान जहिल्यैपनि बुबाको भन्दा तीन स्टेप ठूलो हुन्छ । त्यसैले महिला र पुरुषमा विभेद गर्ने कुरै आउँदैन ।
इस्लाम धर्ममा विवाह गर्दा केटालाई केटी रोज्ने हक छ, त्यसरी नै केटीलाई पनि केटा रोज्ने अधिकार छ । कसैको जबर्जस्ती हुँदैन । बुबाआमाले पनि जबर्जस्ती गर्न सक्दैनन् । त्यसैगरी धार्मिक रूपमै सम्बन्धविच्छेदको हक, सम्पत्तिको हक, पढाइको अधिकार सबै बराबर दिएको छ । हामी के मान्छौं भने एउटा मानवीय कानून हुन्छ, अर्को इश्वरीय कानून । हाम्रो मान्यता के हो भने इश्वरीय कानून बढी पूर्ण हुन्छ । मानिसको शोषण नहोस्, सुरक्षित होस् भने कानून बनाइन्छ । हाम्रो धार्मिक कानूनले पनि महिलाको शोषण नहोस् भनेर नियम बनाएको छ । त्यसको अर्थ महिलालाई संकुचित गरेको होइन, सुरक्षित गरेको हो । त्यसलाई गलत व्याख्या गरेर दुस्प्रचार हुँदा इस्लाममा महिलालाई संकुचित गरिन्छ भन्ने धारणा समाजमा बनेको छ । यो धारणालाई युरोपको एउटै तथ्यांकले काट्छ । त्यहाँ इस्लाम धर्म स्वीकार गर्नेमा महिलाको संख्या बढी छ । यसमा आफूलाई सुरक्षित र अधिकारसम्पन्न पाएर नै उनीहरू यसलाई स्वीकार्छन् । तर महिला र पुरुषलाई जबर्जस्ती एउटै हो भन्ने कामचाहिँ यसले गरेको छैन । महिलाले महिला बनेरै सम्मान पाउनुपर्छ भन्ने यसको धारणा हो । महिला हुनु कुनै कलंक हो वा सानो बन्नु हो भन्ने कुरा यसले स्वीकार गर्दैन । त्यसैले महिलालाई महिला भएको कुनै पनि आधारमा अपमानित गरिनुहुँदैन भन्ने मतमा हामी सँधै अडिग छौँ । अहिले राष्ट्रपतिको बारेमा जुन कुरा आइरहेको छ, त्यसमा पनि हाम्रो मत यही हो । यदि उहाँलाई विधवा वा महिला भएकै आधारमा अपमान गरिएको हो भने त्यो स्वीकार्य कुरा होइन । अझ यसमा धर्म त जोडिनै हुँदैन भन्ने हाम्रो मत हो ।
मान्छेको धर्मप्रति आस्था हुन्छ, आदर हुन्छ । कुनै पनि घटनाले धर्मप्रति मानिसको यो भावनालाई भड्काउनु हुँदैन । हामीले आफ्नो धर्म मान्दा वा कुरा गर्दा अरू धर्मलाई त्यत्तिकै सम्मान गर्नुपर्छ । मलाई गर्व लाग्छ, नेपालमा सबै धर्मावलम्वीले एकअर्कालाई आदर गरेका छन् । सहिष्णु वातावरणमा छौं हामी । त्यसैले धर्मलाई विवादको बिषय बनाइनुहुँदैन ।
राष्ट्रपतिको जानकी मन्दिर भ्रमणबारे जुन विवाद बाहिर आयो, त्यसमा मैले जति पनि कुरा सुनेको छु, त्यो मिडियाबाटै सुनेको हुँ । त्यहाँ दुईवटा कुरा आएको छ । एकथरीले भनिरहेका छन्, महिला वा विधवा भएको कुरालाई केन्द्रमा राखेर राष्ट्रपतिको भ्रमणको विरोध गरिएको छ । अर्काथरीले भनेका छन्, कुकुरलाई भित्र पसाइयो, बुट लगाएर भित्र गइयो । मान्छेहरू जसरी आदरपूर्वक मन्दिर जान्थे, त्यसरी गइएन, त्यसैले त्यस्तो घटना घट्न पुगेको हो ।
राष्ट्रपति देशको सम्माननीय पद हो । जसरी हामी राष्ट्रलाई सम्मान गर्छौं, त्यसैगरी राष्ट्रपतिलाई पनि सम्मान गर्नुपर्छ । त्यो संस्थालाई विवादमा ल्याउनु राम्रो थिएन । मैले सुनेको आधारमा त्यहाँका मूल पुजारीकै निम्तामा उहाँ जानुभएको थियो । त्यसपछि पनि उहाँले कुनै पनि प्रकारको आपत्ति जनाउनुभएको छैन । यस्तो बिषयमा देशको सुरक्षाको जिम्मा लिने निकायले ध्यान दिनु जरुरी हुन्छ । त्यो ठाउँका मानिसको भावनाबारे जानकारी लिएर सुरक्षामा ध्यान दिनु आवश्यक थियो । मैले अरू देशमा पनि देखेको छु, त्यहाँ यस्ता सम्मानित व्यक्तिको भ्रमणमा सुरक्षा कडा हुन्छ । तर कुकुर नै लैजाने खालको क्रियाकलापचाहिँ हुँदैन । त्यसका लागि आधुनिक मेसिन प्रयोग गरिन्छ । सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गर्न सकिन्छ । त्यसरी हेर्दा बुट नलगाइनकन पनि त्यहाँ सुरक्षा दिन सकिन्थ्यो । त्यसो गरेको भए कसैको आस्थामा ठेस पुग्दैनथ्यो ।
तर पनि जुन किसिमले राष्ट्रपतिप्रति अभद्र व्यवहार भयो, त्यो चाहिँ कसैले राम्रो भन्न मिल्दैन । हिन्दु धर्ममा पनि नारीलाई पुजा गर्ने चलन छ । शक्तिको देवीको रूपमा दुर्गाको पूजा गरिन्छ । शिक्षाको देवीको रूपमा पनि सरस्वतीलाई पूजा गरिन्छ । धनसम्पत्तिको देवीको रूपमा लक्ष्मीलाई पूजा गरिन्छ । अर्थात सबै क्षेत्रमा नारीलाई पूजा गर्ने चलन छ । त्यसैले त्यहाँ धार्मिक हिसाबले उहाँलाई अपमान भएको हो भन्ने मलाई लाग्दैन । मलाई लाग्छ कि धार्मिक मान्छेले त्यस्तो गर्दैन । यदि मुद्दा राजनीतिक हो भने पनि के कुरा बुझ्नु आवश्यक छ भने राजनीति गर्दा पनि देशको गरिमामा आँच आउन दिनुहुँदैन । हाम्रो जुन सहिष्णु पहिचान छ, यो नबिग्रियोस् भन्नेमा ध्यान जानुपर्छ । धार्मिक स्थान भनेको आनन्दको खोजमा जाने स्थान हो । त्यहाँ त्यस्तै वातावरण कायम हुन दिनुपर्छ ।
अर्कातिर राष्ट्रपति भनेको सबैको अभिभावक हो । त्यसैले उहाँ जहाँ गए पनि खुशी फैलिन्छ, अभिभावकत्व महसुस हुन्छजस्तो मलाई लाग्छ । त्यसैले उहाँ कतै जाँदा विरोध गर्नु उपयुक्त छैन । यदि उहाँ मस्जिद आउनुभयो भने हामी हाम्रो धर्मको रितीरिवाजअनुसार आदर गर्छौं । उहाँलाई सम्मान गर्ने मौका पाउँदा हामीलाई खुशी नलाग्ने कुरै हुँदैन । एउटा अभिभावक आएको ठान्छौं ।
हाम्रो देश धर्म निरपेक्ष भइसकेको छ । धर्मनिरपेक्ष राष्ट्रमा सम्मानित पदधारण गरेको व्यक्तिले हरेक धर्मप्रति समदूरीको सिद्धान्त पालन गर्ने कुरा सर्वमान्य छ । त्यसो गरिएन, एउटै धर्मलाई मात्रै प्राथमिकता दिइयो भने त धर्मनिरपेक्षको अर्थ नै हुँदैन । त्यसैले राष्ट्रपति एउटै धर्मको आस्थाकेन्द्रमा मात्रै पुग्नुहुन्छ भन्ने मलाई लाग्दैन । उहाँले सबै धर्मावलम्वीलाई महसुस गराउनु आवश्यक छ कि उहाँ हामीसँग जति नजिक हुनुहुन्छ, त्यति नै अरू धर्मसँग हुनुहुन्छ । जति दूरी हामीसँग छ, त्यतिकै अरूसँग पनि छ । त्यसैले राष्ट्रप्रमुखलाई कुनै एउटा धर्मसँगमात्रै जोडेर व्याख्या गरिनुहुन्न ।
आज हामी जुन सुविधा हिन्दु धर्मले पाउँछ, त्यही सुविधा मुस्लिमले पनि राष्ट्रबाट पाओस् भन्ने चाहन्छौं । जुन कुरामा उहाँहरूलाई छुट छ, त्यो हामीलाई पनि होस् भन्ने चाहन्छौं । त्यसैले राष्ट्रप्रमुखबाट पनि हामीलाई समान व्यवहार होस् भन्ने अपेक्षा हुन्छ नै । हामीलाई राष्ट्र वा राष्ट्रपति कतैबाट पनि अपहेलित भएको महसुस् नहोस् भन्ने चाहन्छौं । हामीमात्रै होइन, हिन्दु, बौद्ध, क्रिस्चियनलगायत अन्य धर्मावलम्वीले पनि राष्ट्र र राष्ट्रप्रमुख हाम्रै हो भन्ने महसुस गर्न सक्नुपर्छ । त्यसैले उहाँ अन्य धर्मका आस्थाको केन्द्रमा पनि जानुभयो भने सन्देश राम्रो जान्छ । एउटा व्यक्तिको हिसाबले राष्ट्रपतिलाई पनि आफ्नो धर्म मान्ने स्वतन्त्रता हुन्छ । तर जब व्यक्तिबाट राष्ट्रपतिको हैसियतमा उहाँ आउनुहुन्छ, त्यतिबेला धर्मनिरपेक्षताको सिद्दान्त र चरित्र व्यवहारमा देखिनुपर्छ । हामी त उहाँलाई मस्जिदमा स्वागत गर्न आतुर छौं ।
प्रस्तुति ः कला अनुरागी

Comments
Post a Comment