दमिनी भीर लेख्दाका दश कुरा

राजन मुकारुङ। पछिल्लो समय चर्चामा रहेको उपन्यास ‘दमिनीभीर’का लेखक । उनलाई भेटियो, कोटेश्वर सेतीओपीमार्गको चियापसलमा । उनीसँगै मुस्कुराउँदै हात मिलाए एक युवकले । परिचयपछि थाहा भयो, ती युवक मुकारुङले लेख्न लागेको नयाँ उपन्यासका पात्र रहेछन् । जनयुद्धमा प्रत्यक्ष सहभागी ती पात्रसहितको कथामा उनी अयोग्य लडाकुबारे उपन्यास लेख्ने तयारीमा रहेछन् ।
यसरी पात्रसँगै हिँडिरहेका मुकारुङले सविस्तार सुनाए दमिनी भीरलेख्दाका दश कुरा ।

१. पात्रको बोलीबाट वाक्यसंरचना
मुकारुङ भन्छन्, ‘वास्तविक पात्र नै धेरै छन् उपन्यासमा ।त्यसैमध्येका आफ्नै छिमेकी लच्छीर उनलाई प्रेम गर्ने धौले कान्छालाई भेट्न गाउँ पुगे । (यसैबीचमा उनले बताए कि अहिले उनीहरूबीच विवाह भइसकेको छ)
उनीहरूसँग कुरा गरे । उनले बाझाबाझ गर्दाको (उपन्यासमा लच्छी र धौले कान्छा सडक खन्ने वेला अक्सर बाझाबाझ गर्छन्) वाक्य लच्छीलाई पटकपटक भन्न लगाए ।
उनले लामो वाक्यमा पनि बोलिन् । मध्यममा पनि बोलिन् । जब छोटो वाक्य बोलिन् । त्योचाहिँ साह्रै मीठो र टच्चीलाग्यो । सट्ट लेखेँ । सुन्दर लाग्यो । अनि उपन्यासको वाक्यको लम्बाइ र शैली त्यसैलाई बनाउने निर्णय गरेँ ।
लच्छीले बोलेको वाक्य थियो– ‘मार्दिन्छु यो मुर्दारलाई !साधारण व्याकरणमा त्यही वाक्य यो मुर्दारलाई मार्दिन्छुहुनुपर्ने । म कवि पनि भएकाले होला, यो शैली जम्छजस्तो लाग्यो,’ उनले भने ।


२. थिएटरमा भेटिएकी हाङ्दिमा
दमिनी भीरमा हाङ्दिमानामकी पात्र छिन् । उनलाई लेखकले मण्डला थिएटर (जसमा लेखक पनि सम्बद्ध छन्) मा भेटेका थिए । हरेक क्रियाकलापबाट दिक्कजस्तो देखिने ती पात्रलाई उनले भने, ‘तिमीलाई के भएको छ ? हृदयदेखि नै भन । अनि काम गर्न पनि सजिलो हुन्छ ।
पहिला त उनले गाह्रो मानिन् । पछि जीवनको कथा भनिन् । त्यसपछि लेखकले उनलाई सुझाए, ‘तिमी आफ्नो संस्मरण पूरै लेख । म त्यसलाई आख्यानीकरण गरिदिन्छु । राम्रो उपन्यास बन्छ ।उनले लेखिसक्दा डायरीको करिब ३५/३६ पेज मात्रै भयो ।
उपन्यास त नबन्ने भयो । के गर्ने ? लेखकले उनलाई आश्वस्त पारे, ‘मेरै उपन्यासमा सम्मानपूर्वक हालौँला ।उनले दमिनी भीरमा पात्रलाई दिएको आश्वासन पूरा गरेका छन् ।


३. मिसावटी पात्र नाम्देङ
उपन्यासमा नाम्देङभन्ने पात्र छ । त्यो पात्र धेरै पात्रको चरित्रलाई मिसाएर निर्माण गरेका हुन् उपन्यासकारले । उनी भन्छन्, ‘५/६ जनाको चरित्र त्यसमा मिसाइएको छ । मण्डला थिएटरकै साथीहरू पनि छन् । अन्तिमतिरचाहिँ बढी नै छु म । उसको जीवनमा निकै मोड आउँछन् । काठमाडौको रंगमञ्चमा काम गर्छ, त्यो छोडेर गाउँ फर्कन्छ, राजनीति गर्छ, शिक्षक बन्छ, फेरि काठमाडौ फर्कन्छ । वर्गीय राजनीतिबाट आएको मान्छे, जातीय राजनीतितिर लाग्छ । त्यसमा कतिपय मेरै जीवनको अनुभव पनि आएको छ ।


४. लेख्दालेख्दै मज्जा
कथा अघि बढ्दै थियो । पात्रले हलो जोत्दै थियो । उसले टक्क गोरु अड्याउँदै अनौमा अडेस लागेर गोजीबाट मोबाइल झिकेर भन्यो– ‘हलो !लेखकले उत्साहित हुँदै भने त्यतिखेर साह्रै मज्जा आयो । मेरो बुझाइ ठ्याक्कै मिल्यो । नेपाली समाज त कम परिवर्तन भारैछ त ? कल्ले भन्छ यार केही भाछैन भनेर ?’
उनले थपे, ‘द्वन्द्वको मारमा परेर जरुर युवाले गाउँ छाडे । कोही माओवादीको डरले भागे होलान् । कोही राज्यको उत्पीडनका कारण भागे होलान् । तर उनीहरू काठमाडौं आए, अरबतिर गए । अरबै गएर भए पनि उनीहरूले फुसको छानोमा टिन त हाले नि ।


५. अर्को अन्त्यको खोजी
उपन्यासकारलाई दुईपल्ट अन्त्य गर्नुपरेछ, उपन्यास । पहिलोपटकको अन्त्यबारे उनले बताए, ‘माओवादीले अन्तिम आन्दोलन भनेर देशका विभिन्न भागबाट कार्यकर्ता ल्यायो, थुपार्‍यो । दिनभरि घाममा टट्यायो । लड, भिडन्त गर भनेर आदेश पनि दिएन । अस्वस्थ खानाले कैयौँ बिरामी भए । अन्तिममा आफैँले आन्दोलन फिर्ता लियो । कार्यकर्ता निराश भएर फर्कनुपर्‍यो । यहीँ नै मैले सिध्याएको थिएँ । तर, संविधानसभाको विघटनले मलाई नमीठो चोट दियो ।
त्यसपछि उनलाई लाग्योउपन्यासमा आदिवासी जनजातिको आन्दोलन हुल्नैपर्छ । संविधानसभाको विघटन योयो कारणले भएको हो भन्नका लागि पनि । उनको ठहर छआदिवासी जनजातिलाई अधिकार दिने कुरामा असहमत भएकै कारण संविधानसभा विघटन भएको हो । त्यसो गर्न उनलाई उपन्यासको अर्को अन्त्य खोजी गर्नुपर्‍यो ।


६. खाजाघरमा अन्त्य गर्ने पात्र
कोटेश्वरमा किरात खाजाघरछ । त्यहाँ ड्राइभर/खलासी जान्छन् । मुकारुङ जान्थे कहिलेकाहीँ ।
एक दिन बेलुकीपख उनी त्यहाँ गए । त्यसैवेला एउटा मातेको युवा आफ्नो आमालाई तथानाम गाली गरिरहेको थियो ।
यो सुनेर उनले सोधे, ‘ए भाइ, घर कता हो ?’ उसको जवाफ थियो, ‘कता हो कता, थाहा छैन ?’ लेखक पात्रसँग कुरा गर्न इच्छुक थिए र भने, ‘गजबको कुरा गर्‍यौ नि भाइ । तिमी यहाँ कति वेला आउँछौ ?’ उनले थाहा पाएती युवा पाँच बजेतिर त्यहाँ जाने रहेछन् । भोलिपल्ट उनी साँढे चार बजे नै खाजा घर पुगे । नपिएकैवेला भेटे ती युवालाई । उसले किन आमालाई गाली गर्‍यो भन्ने बुझे । उनी भन्छन्, ‘उसले आमालाई गरेका गालीलाई मैले बाबुलाई गर्ने गालीमा बदलेँ । जसले उपन्यास अन्त्य गर्न सहयोग पुर्‍यायो । त्यो पात्रको गाली सुनेपछि नाम्देङ भन्ने पात्रलाई छोरोको सम्झना आउँछ । उसले बुझ्छ कि छोरालाई बेवास्ता गरियो भने भोलि त्यसरी नै ठाउँठाउँ गाली गर्ने रहेछ ।
त्यसपछि उनले भोलिको पुस्तालाई हामीले सही बाटो दिन सकेनौँ भने अराजक भएर निस्कन्छ भन्ने सन्देशबाट उपन्यास अन्त्य गर्ने निर्णय लिए ।


७. डोजर नायक
उपन्यासकारको दर्शन छ, ‘अबको समय एकल नायकवादमा चल्दै चल्दैन ।त्यसका लागि उनीसँग तर्क पनि छ, ‘नेतृत्वलाई केन्द्रीकरण गरेर जनयुद्ध लडेको पार्टीले त केन्द्रलाई मात्रै नराखेर अनेक पद सिर्जना गर्नुपरेको छ । साहित्यमा चाहिँ त्यस्तो विकेन्द्रीकरण धेरै चरित्रलाई प्रधान भूमिका दिएर
हुँदो रहेछ ।
त्यसो त हरेक लेखकको जस्तै आफ्नो नयाँ शैली बनाऊँ भन्ने उनलाई पनि लागेकै हो । नयाँलाई स्थापित गर्न झेल्नुपर्ने आलोचना पनि उनले झेलेकै छन् । भन्छन्, ‘यस्तो गर्दा परम्परागत ढाँचा पढ्नेलाई गाह्रो हुँदो रहेछ । उनीहरूको भनाइ हुन्छनायक को होला भनेर खोज्दाखोज्दै सिद्धिन्छ उपन्यास ।
तर, केन्द्रीय पात्र नै खोज्ने पाठकलाई पनि निराश पार्न चाहँदैनन् । उनी भन्छन्, ‘त्यसरी हेर्ने हो भने उपन्यासको नायक त डोजर हो नि । दलित महिलाले हाम फालेर मरेको कारणले त्यसको नाम दमिनी भीर भयो । तर, चार पुस्तापछि त्यही समुदायको मान्छेले त्यो भीर भत्काउँदै छन् । त्यो भीरलाई भत्काउनुको अर्थ अब कसैले पनि उत्पीडित हुनु नपरोस्, त्यसरी हाम फाल्न नपरोस् र त्यस्तो नामकरण गर्न नपरोस् भन्ने हो । त्यो भीरलाई अन्तिममा डोजरले भत्काएको छ ।


८. माकुरीजाल शैली
दमिनी भीरको कथाको बुनाइमा पनि उपन्यासकारले विशेष शैली प्रयोग गरेका छन् । त्यो शैली होमाकुरीजाल शैली । माकुराले आफू बीचमा बसेर वरिपरि जाल बुन्दै जान्छ । जाल बुनेर अन्तिममा पुग्दा त्यो माकुरालाई उसैको बच्चाले खान्छ । उनी भन्छन्, ‘उपन्यासमा दमिनी भीर माकुरो हो र कथा जाल बुनेजसरी अगाडि बढ्छ ।


९. बाटो मोडिएर दमिनी भीरति
मुकारुङले पहिले पनि धेरैसँग भनिसकेका थिए, ‘दमिनी भीर लेख्नुअघि मेरो पहिलो उपन्यास हेत्छाकुप्पाको भाग दुई लेख्दै थिएँ ।उनले थपे, ‘३५ प्रतिशत लेखिसकेको थिएँ ।
त्यसमा उनी पछ्याउँदै थिए वास्तविक पात्र । जब पात्रले गाउँको दमिनी भीरमा सडक खन्न थाल्यो । समूहमा मिसिएर गैँतीबेल्चा चलाउन थाल्यो । उनको कलम टक्क रोकिएछ ।
किनकि, उनको पात्र त्यहीँ हँसीमजाक गर्न थाल्यो । मायाप्रेमका कुरा गर्न थाल्यो । त्यसवेला संविधानसभाको चुनाव आउन लागेको थियो । राजनीतिक कुरा हुन थाले ।
त्यसपछि उनले लेख्न छाडे, सोच्न थाले । दमिनी भीरकै लेखन शैलीमा उनले भने, ‘दशवर्षे द्वन्द्व । शान्तिप्रक्रियामा आयो मुलुक । बाटो गयो गाउँमा । सडक खन्न थाले मान्छे । ठूलो परिवर्तन देखियो गाउँमा ।
उनले गाउँलेको आर्थिक स्थितिमै पनि परिवर्तन देखे । संविधानसभाको चुनावमा नयाँ पार्टी माओवादीलाई जिताउनुपर्छ भनेर लागेका लेखक वेलावेला संगठन गर्न गाउँ त पुगेकै थिए । परिवर्तनबाट बेखबर नै त थिएनन् । तर पनि स्पष्टचाहिँ थिइनँ । त्यहाँबाट स्पष्टै भएँ,’ उनले भने, ‘चार वर्षअघिसम्म एक किलो मासु खानका लागि मुटु कमाउनेले छाकैपिच्छे मासु खान थाले । सातआठ जना मिलेर सिंगै सुंगुर र खसी काट्ने भए । खच्चरले ल्याइदिएको चामल भए पनि मीठै खाने । केटाकेटीलाई पनि राम्रै लगाइदिने । दिनभरि काम गर्नुपरे पनि स्तर त माथि भयो ।
तर, उनलाई चिन्ता लाग्योसडक खन्ने कामले आफ्नो पेसा कृषिचाहिँ बेवास्तामा पर्न थाल्यो । खनजोतछेउकुना पनि राम्रो नगर्ने । बाली पनि राम्ररी नलगाउने । खेती नै कम
हुन थाल्यो ।
उनले सोचे, ‘सडकको काम त कति दिन चल्छ र ? एक/दुई वर्ष न हो । जीवन धान्ने पेसा त कृषि नै हो । अब दुई वर्षपछि त खेतबारी सिरुले ढाकिसक्छ ।
अर्को कुरा, उनले त्यो सडक खनिँदै गरेको भीरमा पनि ठूलो विम्ब देखे । भीर भत्किँदै छ, पछि सडक बन्छ । त्योसँगै कथा पनि मेटिन्छ । अर्को चिन्ता थपियो लेखकलाई ।
त्यसपछि उनको मनले भन्यो, ‘अब हेत्छाकुप्पा नलेख्, अर्को शीर्षकमा लेख् ।त्यसपछि उनी दमिनी भीरतिर मोडिए ।


१०. तीन उद्देश्य
लेखनको उद्देश्य हुन्छयो कुरामा सहमत छन्, मुकारुङ । दमिनी भीर लेखेर समाजलाई तीन कुरा बुझाउनु थियो ।
पहिलो : दशवर्षे द्वन्द्वबाट नेपाली समाज ग्रस्त मात्रै भएन, त्यसले चेतना पनि दियो । राजनीतिक रूपमा परिवर्तन त गरी नै हाल्यो । राजतन्त्रबाट गणतन्त्रमा जानु ठूलो उपलब्धि हो ।
दोस्रो : विशेषगरी संक्रमणकालमा युवाको एउटा पंक्तिले भन्दै छ– ‘पोलिटिक्स इज डर्टी गेम (राजनीति फोहोरी खेल हो)। उनीहरूमध्ये कतिपय केही भएन भनेर निराश भएका छन् । पर बसेर त्यसो भन्नुहुन्न । अनन्त माग भएको समयमा काम गर्नेलाई पनि त दु:ख छ । त्यसैले निराश हुनुपर्दैन । परिवर्तन हुँदै छ ।
तेस्रो : हाम्रो समयमा बाँचिरहेका मानिसले सानासाना कुरा गरिरहेका छन् । तर, त्यो हाम्रो भविष्य हो । त्यसलाई केन्द्रमा राखेर नीति बनाउन सकियो भने भविष्यले गति लिन्छ । ठूला कुरा पनि सम्भव हुन्छन् ।
उपन्यासकारको दाबी छउद्देश्य पूरा गर्न पात्रलाई अतिरञ्जित गरेर बोल्न लगाइएको छैन । पात्र जुन समाज र परिवेशमा छन्, त्यहीअनुसारको व्यवहार र बोलीको प्रयोग गरिएको छ ।
܀܀܀
 कला अनुरागी
साभार: नयाँ पत्रिका 

Comments